चितवन । रत्ननगरको टिकौली चौरमा जारी रत्ननगर महोत्सव अन्तर्गत आज आईतबार बद्रि पंगेनीको प्रस्तुती रहने छ । चर्चित गायक पंगेनी सबैले रुचाएका गायक हुन । उनले गाउने गित संगित सुन्न मान्छेहरुको भीड लाग्ने गरेको छ । पंगेनी सहित महोत्सवमा आज नै चर्चित गायीका निशा लामाको समेत प्रस्तुती रहने छ ।
महोत्सव अन्तर्गत साँस्कृतिक कार्यक्रममा शनिवार सुबोध गौतम यदुमे,चर्चित शिव परियारले प्रस्तुती दिएका थिए । आज चर्चित गायक पंगेनी र गायिका लामाको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक प्रकासमणि सापकोटाले जानकारी दिए ।
फागुन २३ गते सम्म चल्ने सो महोत्सवमा दिनप्रतिदिन अबलोकनकर्ताहरुको संख्या बढ्दै गएको महोत्सव मुल समारोह समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताए ।
महोत्सवमा जीप साइकलिङ,जीपलाइन सफारी सहित कृषि परिसरमा आधुजिक औजारहरुको प्रर्दशनी गरिएको छ । महोत्सवमा कालिका नगरपालिकाले रैथाने बाली संरक्षणको लागि चेतनामुलक कार्यक्रम गरिरहेको छ । महिला समुह,आमा समुह तथा सहकारीले महोत्सवमा स्थानीय उत्पादनको विक्री र प्रर्बद्धनको काम गरिरहेका छन् ।
महोत्सवको अर्को आर्कषणको रुपमा विभिन्न जताजातीको परम्परागत घरहरु रहेका छन् । ति घरहरुमा अबलोकनकर्ताहरु पुगेर मौलिक संस्कृति र बसोसारको बारेमा जानकारी लिने गरेको संघका बरिष्ट उपाध्यक्ष शंकर गिरीले बताए ।
महोत्सवमा ४२५ स्टल रहेका छन् । महोत्सव ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संघका महासचिव निराजन खनालले बताए ।