रत्ननगर महोत्सवमा भोली चर्चित हास्य कलाकार यदुमे आउने

चितवन ।  रत्ननगरको टिकौली चौरमा जारी रत्ननगर महोत्सव अन्तर्गत भोली शनिवार सुबोध गौतम(यदुमे) आउदैछन । चर्चित हास्य टिलिश्रंखना सक्कीगोनीका कलाकार यदुमे सबैले रुचाएका कलाकार हुन । उनले गर्ने क्यारिकेचर सुन्न मान्छेहरुको भीड लाग्ने गरेको छ । यदुमे सहित महोत्समा भोली नै चर्चित गायक शिव परियारको प्रस्तुती रहने छ ।

महोत्सवको छैठौं दिन शुक्रवार चर्चित गायक कमल खत्री,गायिका मेलिना मैनालीले प्रस्तुती दिएका थिए । रत्ननगर उद्योग बाणिज्य संघले चितवनको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरेको हो । फागुन २३ गते सम्म चल्ने सो महोत्सवमा दिनप्रतिदिन अबलोकनकर्ताहरुको संख्या बढ्दै गएको महोत्सव मुल समारोह समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताए ।

महोत्सवमा जीप साइकलिङ,जीपलाइन सफारी सहित कृषि परिसरमा आधुजिक औजारहरुको प्रर्दशनी गरिएको छ । महोत्सवमा कालिका नगरपालिकाले रैथाने बाली संरक्षणको लागि चेतनामुलक कार्यक्रम गरिरहेको छ । महिला समुह,आमा समुह तथा सहकारीले महोत्सवमा स्थानीय उत्पादनको विक्री र प्रर्बद्धनको काम गरिरहेका छन् । महोत्सवको अर्को आर्कषणको रुपमा विभिन्न जताजातीको परम्परागत घरहरु रहेका छन् । ति घरहरुमा अबलोकनकर्ताहरु पुगेर मौलिक संस्कृति र बसोसारको बारेमा जानकारी लिने गरेको संघका बरिष्ट उपाध्यक्ष शंकर गिरीले बताए । महोत्सवमा ४२५ स्ट रहेका छन् ।

महोत्सव ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संघका महासचिव निराजन खनालले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको