युनिभर्सल थट कन्सल्टको नयाँ शाखा अब चितवनको भरतपुरमा

चितवन ।  शैक्षिक परामर्श केन्द्रका रुपमा अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको युनिभर्सल थट कन्सल्ट (युटिसी) को नयाँ शाखा चितवनको भरतपुरमा खुलेको छ। विगत लामो समय देखि टेस्ट प्रिपेरेशन सेन्टरको रुपमा सेवा पुर्याउदै आएको युटिसीले नेपालमा पनि आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा आज देखि हाम्रै शहर भरतपुरमा आफ्नो तेस्रो शाखा भरतपुरमा शुभारम्भ गरेको छ।

काठमान्डौको पुतलीसडकमा शंखरदेव क्याम्पस अगाडी आफ्नो सेवा प्रदान गर्दै आएको युटिसीले दोस्रो शाखा बुटवलमा र आज देखि चितवनमा खोलेको कम्पनीका प्रबन्ध निर्देशक शिव बन्जाराले जानकारी दिनुभएको छ। छोटो समयमा नै शाखाहरु विस्तार गर्दै गएको युटिसीले निकट भविष्यमा देशका विभिन्न प्रमुख शहरहरुमा पनि आफ्ना सेवाहरु बढाउँदै लैजाने बन्जाराले बताउनु भएको छ।

भारतको पुणे, पाकिस्तानको इस्लामावाद, क्यानाडा, कतार, मलेसिया, फिलिपिन्स र बंगलादेशमा पनि विस्तारको क्रममा रहेको उहाँले हामीलाई जानकारी दिनुभएको छ।
आज दिउसो १ बजे विधिवत रुपमा संचालन हुन लागेको युटिसी चितवन शाखाले झन्डै ५० जना विद्यार्थीहरुलाई होटल शुभममा सेमिनारको आयोजना गरेर सुरुवात गर्ने भएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको