रत्ननगर महोत्सव आजवाट टिकौलीचौरमा शुरु, प्रदेशमन्त्री श्रेष्ठद्धारा उद्घाटन

चितवन । पूर्वी चितवनको टिकौलीचौरमा रत्ननगर महोत्सव २०७८ सुरु भएको छ । महोत्सवको ११औं संस्करण बागमती प्रदेशका उद्योग,बाणिज्य तथा आपूर्तिमन्त्री मिलनबावु श्रेष्ठले उद्घाटन गरेका छन् । महोत्सव उद्घाटन पूर्व नेपाल माविको प्राङ्गढबाट शोभायात्रा निकालिएको थियो ।

काँग्रेसका नेता तथा पूर्व शिक्षाराज्यमन्त्री शेषनाथ अधिकारी,एमालेका नेता तथा बागमती प्रदेशका पूर्वमन्त्री दावादोर्जे लामा, माओवादी केन्द्रकी नेतृ तथा प्रदेश साँसद कन्चन खनालले महोत्सवको स्टेज उपयोग गर्दै एमसिसीको बारेमा धारण राखेका थिए । महोत्सव उद्घाटन समारोहका प्रमुख अतिथि श्रेष्ठले चितवनमा उत्पादनमुलक उद्योग सञ्चालनको लागि प्रदेश सरकारले लगानीको बाताबरण बनाउने बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले थलापरेको नेपालको अर्थतन्त्रलाई जोगाउन सरकारले व्यवसायीलाई पुर्नकर्जा उपलब्ध गराउनु पर्ने बताए । कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले कोरोनालाई आत्मसाथ गर्दै आर्थिक गतिविधि बढाउन आवश्यक रहेको बताए । कार्यक्रममा महोत्सव मुल समारोह समितिका संयोजक तथा संघका अध्यक्ष अनिलकुष्ण श्रेष्ठले चितवनलाई विशेष आर्थिक क्षेत्र घोषणा गर्न माग गरे । उद्योगमैत्री नीतिको अभावका कारण लगानीको बाताबरण सृजना हुन नसकेको भन्दै उनले यस तर्फ राज्यको ध्यान जान आवश्यक रहेको बताए ।

फागुन २३ गते सम्म सञ्चालन हुने सो महोत्सवमा महोत्सवमा कृषि र पर्यटन प्रवर्धनलाई विशेष जोड दिइएको संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले बताए । महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने उनको भनाई छ । महोत्सवमा ४२५ कक्ष रहने छन । ती स्टलमा गरिने प्रदर्शनीले उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउन सक्षम हुने आयोजकको विश्वास छ । महोत्सव ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको महासचिव निराजन खनालले जानकारी दिए ।

कार्यक्रममा प्रदेश मन्त्री कृष्णप्रसाद भूर्तेल,उद्योग बाणिज्य महासंघ प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ,नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने,चितवन उद्योग बाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको