चितवनमा डाका मुद्दामा फरार एक प्रतिवादी पक्राउ

चितवन ।  जिल्ला प्रहरी कार्यालय चितवनले डाका मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार पक्राउ पर्नेमा खैरहनी नगरपालिका–६ का ३१ वर्षीय कमल श्रेष्ठ रहेका छन् ।

श्रेष्ठलाई चितवन जिल्ला अदालतबाट विसं २०७० भदौ २५ गते डाका मुद्दामा पाँच वर्ष ११ महिना २ दिन कैद र रु दुई लाख ७१ हजार २० जरिवाना तोकेको थियो । उनलाई प्रहरीले चितवन जिल्ला अदालत पेश गरेको छ । फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको