
चितवन । इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी टेकमाइन्सले रत्ननगर महोत्सवलाई केन्द्रीत गरी विशेष अफर ल्याएको छ । सेवालाई प्रभावकारी बनाउदै ग्राहकहरुको सन्तुष्टिको लागि उही पैसामा दोब्बर गतिको इन्टरनेट सेवा प्रदान गर्ने गरी अफर सार्वजनिक गरेको हो । साथै अफरमा आइपी टेलिभिजन फ्रि राखिएको छ ।
चितवनका ग्राहकहरुलाई लक्षित गरी ल्याइएको उक्त अफर फागुन १५ देखि फागुन मसान्त सम्म लागु हुने टेकमाइन्सकी पूर्वी चितवन प्रमुख दीक्षा अधिकारीले जानकारी दिइन । यो अफर २५,३५,५० एमबिपीएस तथा बार्षिक तथा मासिक दुबैमा लागु हुने अधिकारीले बताइन । नयाँ जडानमा एक्सट्रिम अफर समेत ल्याइएको छ । जस अन्तर्गत ४०, ७० र १०० एमबिपीएसको इन्टरनेट उपलब्ध हुने छ ।
पछिल्लो समय तीब्ररुपमा सेवालाई देशभर विस्तार गरेको सो कम्पनीले गुणस्तरीय इन्टरनेट सेवा दिइरहेको छ । टेकमाइन्सले चितवन सहित देशका ६५ वटा जिल्लामा सेवा प्रदान गरिरहेको छ ।