चितवनमा सवारी ज्यान र लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

चितवन । चितवन प्रहरीले सवारी ज्यान र लागुऔषध मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रत्ननगर नगरपलिका वडा नम्बर ५ बस्ने २८ वर्षका रेबन्त महतो र रत्ननगर १६ का ३६ वर्षका मनोज कुमाल रहेका छन्

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारिका अनुसार जिल्ला अदालत चितवनबाट गत चैत ११ गतेको फैसलाले सवारी ज्यान मुद्धामा २ बर्ष ११ महिना ५ दिन कैद तोकिएका महतो र लागुऔषध मुद्दामा २०६४ साल असार १३ गतेको फैसलाले १ बर्ष ३ महिना १३ दिन कैद सजाए र नगद रु १,००,०००९एक लाख० रुपैया जरिवाना तोकिएका कुमाललाई पक्राउ गरीएको हो ।

पक्राउ परेका फरार प्रतिवादी हरुलाइ जिल्ला अदालत चितवनमा उपस्थित गराईएको डिएसपी अधिकारिले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको