चितवनमा आज तीन जनामा कोरोना पुष्टि, ४८ संक्रमणमुक्त

चितवन । चितवनमा आज तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनले सार्वर्जनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ३ सय २३ जनाको कोरोना परिक्षण गर्दा पिसिआरबाट तीन जनामा संक्रमण पुष्टि भएको हो । यस सँगै जिल्लाभर कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय २१ पुगेको छ ।

त्यस्तै आज जिल्लाभर २ सय ४९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् भने ११ जना अस्पतालमा उपचाररत छन् ।

त्यसैगरी आज  ४९ जनाले कोरोना जितेका छन् । यस सँगै चितवनमा कोरोनामुक्त हुनेको संख्या ३२ हजार ८ सय २३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको