चितवनमा बन्दको सामान्य प्रभाव, चोक चोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी तैनाथ

चितवन । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा आह्वान गरिएको नेपालको बन्द चितवनमा सामान्य मात्रामा परेको छ ।

विभिन्न ६ दलको आह्वानमा बन्द गरिए पनि साना तथा ठूला सवारी साधनहरु निर्वाध रुपमा चलिरहेका छन् । स्थानीय रुटका म्याजिक, मिनी बस र निजी सवारी साधनहरु निर्वाध रुपमा चलिरहेको चितवन प्रहरीले जनाएको छ । बजारहरु खुल्ने क्रममा रहेका छन् । प्रहरीका अनुसार अहिलेसम्म पनि कुनै पनि अप्रिय घटना भएको छैन ।

बन्दमा अप्रिय घटना नहोस् भन्नका लागि नारायणगढ, भरतपुरलगायतका स्थानहरुमा बाक्लो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । बन्द कर्ताहरु नारायणगढको लायन्स चोक र पुलचोकमा एमसीसीको विरोधमा नाराबाजी गरिरहेका छन् ।

बन्दको पूर्वसन्ध्यामा हिजो साँझ नारायणगढमा मसाल जुलुस समेत निकालिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको