चितवनमा ५६ हजार ७ सय ८१ जना बालबालिकाले लगाए कोरोनाविरुद्धको मोडर्ना खोप

चितवन ।  चितवनमा ५६ हजार ७ सय ८१ जना बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।१२ देखी १७ बर्षका बालबालिकाहरुका लागी मोडर्ना खोप अभियान कार्यक्रम अन्तर्गत ५६ हजार ७ सय ८१ जनालाई खोप लगाएको हो ।

स्वास्थ्य कार्यलय चितवनका अनुसार भरतपुर महानगरपालिकाका ३३ हजार ५ सय ८५ जना, खैरहनी नगरपालिकाका ५ सय ३५ जना, माडी नगरपालिकाका ३ हजार १ सय १४ जना, रत्ननगर नगरपालिकाका ८ हजार ७ सय १६ जना, राप्ती नगरपालिकाका ४ हजार ९ सय २७ जना, कालिका नगरपालिकाका ३ हजार ६ सय ५२ जना र ईच्छाकामना गाउँपालिकाका २ हजार २ सय ५२ जना गरी ५६ हजार ७ सय ८१ जना बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइएको हो ।

खोप अभियान अन्तर्गत स्वास्थ्य कार्यलय चितवनले स्थानीय तहको स्वास्थ्य शाखा मार्फत खोप लगाउले व्यवस्था गरेको थियो ।
चितवनमा गत फागुन २३ गतेदेखी बालबालिकालाई खोप लगाउन सुरु गरिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको