लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५(आर) को डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवारहरुको सौराहामा परिचयात्मक कार्यक्रम
२७ माघ २०७८, बिहीबार ०८:५७
शिशिर सिंखडा, चितवन । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५(आर) नेपालको डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम सौराहामा सम्पन्न भएको छ । सो ईलेक्सन क्याम्पियन तथा फेलोसिप प्रोग्रामको अध्यक्षता क्याम्पियन को-अडिनेटर तथा एरिया चिफ बालगोपाल चुकेले गर्नु भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५(बि२) नेपालका डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्ट, डिष्ट्रिक्टका कोषाध्यक्ष नारायणप्रसाद शाह, डिष्ट्रिक्ट को- चिफ एडभाईजर योगेन्द्रनाथ अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । डिष्ट्रिक्ट को- चिफ एडभाईजर राजेन्द्र गौतमले संचालन गर्नुभएको कार्यक्रममा डिष्ट्रिक्ट को- चिफ एडभाईजर दिपेन्द्र खतिवडाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बुधबार भएको सो कार्यक्रममा बर्ष २०२२/२३ का लागि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५(आर) नेपालको डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार सिद्धार्थलाल चुके, फर्स्ट भाईस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार आर. एस. महतो तथा सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार दिनानाथ न्याैपानेलाई परिचय गराईएको थियो ।
सो अबसरमा उहाँहरुले बर्ष २०२२/२३ को कार्यकालका लागि कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो ।
साथै लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५(बि२) नेपालको १०औं अधिवेशन यही फाल्गुन ७ गते शनिबार गैंडाकोटको नारायणी रिसोर्टमा हुने भएकोले सम्पुर्ण क्लबबाट प्रतिनिधिहरु अनिवार्य उपस्थिति भई सत प्रतिशत यस भोट गरिदिन पनि अनुरोध गरिएको थियो ।