काठमाडौँ । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ ।
उनको आइतबार विहान मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा मृत्यु भएको हो ।
सन् २८ सेप्टेम्बर १९२८ मा जन्मेकी उनले हजारौं हिन्दीसहित नेपालीमा पनि गीत गाएकी छन् ।
उनको निधनले भारतलाइ अपूर्णीय क्षति पुगेको प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएका छन् ।
उनी कोरोना संक्रमणका कारण २७ दिनदेखि अस्पतालमा उपचाररत थिइन् ।