बिद्यार्थीलाई बिद्यालय पोशाक वितरण

गोरखा ।  गोरखाको एक बिद्यालयमा बिद्यालय पोशाक (न्यानो कपडा) वितरण गरिएको छ । गोरखाको गण्डकी गाउँपालिका वडा नं ७ मा रहेको श्री शिव आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई जन प्रगतिशिल मञ्च यु.के को आर्थिक सहयोगमा बिद्यालय पोशाक (न्यानो कपडा) वितरण गरेको हो ।

आज एक कार्यक्रम गरि बिद्यालयका १ सय १४ बिद्यार्थी र ११ शिक्षक, शिक्षिकालाई ट्रयाकसुट र टोपी वितरण गरेको हो । कार्यक्रममा माओवादी (केन्द्र)का केन्द्रिय कमिटी सदस्य लेखनाथ न्यौपानेले बिद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनु पर्ने बताए । उनले यहाँ सिमान्तकृत चेपाङ जातिको बिद्यार्थी धेरै रहेको हुँदा खुशि लागेको तर अहिले धेरै बालबालिकाहरु सानै उमेरमा बिवाह गर्ने, भाग्ने जस्ता समस्या रहेकोले यसलाई रोक्नु पर्ने बताए ।

बिद्यालयका प्रधानध्यापक प्रकाश रेग्मीले सहयोग दार्ता संस्था र समन्वय कर्ता प्रति धन्यवाद व्यक्त गरे । वडा अध्यक्ष तुलसी रेग्मी र रेखा लोप्चनले कार्यक्रमको समन्वय गरेका थिए । बिद्यालय व्यबस्थापन समितीको अध्यक्ष भरत रेग्मीको अध्यक्षमा भएको कार्यक्रममा जन प्रगतिशिल मञ्च यु.के को उपाध्यक्ष नबिन स्याङ्तान, बिद्यालय व्यबस्थापन समितीका सदस्य, बिद्यार्थी र शिक्षकहरुको उपस्थिती रहेको थियो । बिद्यालयमा अधिकांश सिमान्तकृत चेपाङ, जनजाती र  दलित  समुदायका बिद्यार्थी अध्यापन गर्छन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको