चितवनमा आज ४० जना  कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

चितवन । पछिल्लो २४ घन्टामा चितवन जिल्लामा ४० जनामा कोरोना संक्रमित थपिएका छन् ।

पिसीआर परीक्षण गर्दा ३७ जना र एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा भरतपुर महानगरपालिका ३२ जना, खैरहनी नगरपालिकाका १ जना,माडी नगरपालिकाका १ जना,रत्ननगर नगरपालिकाका ३ जना, राप्ती नगरपालिकाका ३ जना कोरोना संक्रमित थपिएका हुन । आज विहीवार सम्म चितवनमा संक्रिय संक्रमितको संख्या चार हजार ७७ जना पुगेको छ ।

कुल संक्रिय संक्रमित मध्ये होम आइसोलेशनमा चार हजार ३६ जना र अस्पतालको आइसोलेशनमा ४१ जना रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । पछिलो २४ घण्टामा ३४१ जना संक्रमणबाट मुक्त भएका छन् । हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या ३२ हजार ८९९ पुगेको छ । २८ हजार ३८१ जना निको भएका छन् । पछिल्लो २४ घन्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ, यो संगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको