गोरखा । नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल गोरखाको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जिवन दान भन्ने नाराकासाथ गोरखाको हरमटारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा ५३ जनाले रक्तदान गरेको राष्ट्रिय युवा संघ गोरखाले जनाएको छ ।
रक्तदान कार्यक्रममा रेडक्रसको प्रविधिक सहयोग रहेको थियो । कार्यक्रमबाट संकलित रगत रेडक्रस मार्फत आपतकालीन अबस्थामा आवश्यक परेकालाई उपलब्ध गराउँने संघले जनाएको छ । राष्ट्रिय युवा संघ गोरखाको अध्यक्ष सचित रोका(हरि भाई ) को अध्यक्षतामा भएको कार्यक्रमा एमालेका केन्द्रिय कमिटी सदस्य तथा गोरखाका सह इन्चार्ज सम्झना देवकोटा, राष्ट्रिय युवा संघ गण्डकी प्रदेशका सह संयाजक खिल बहादुर राना, अनेरास्ववियु सचिवालय सदस्य प्रविण श्रेष्ठ, युवा संघको विशेष प्रदेश कमिटी उपप्रमुख सन्जित श्रेष्ठ, युवा संघ गोरखाका इन्चार्ज भिम सुनार, पार्टीका जिल्ला कमिटी सदस्य, अनेरास्ववियु र युवा संघका जिल्लाका नेताको उपस्थिती रहेको थियो । कार्यक्रमा रक्तदान गर्नेलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।