प्रधानमन्त्री देउवाको विज्ञमा गजुरेल नियुक्त

काठमाडौँ ।   प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा मङ्गलबार नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय हुनुहुन्छ । उहाँका विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित छन् ।

यसअघि नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य रहनुभएका गजुरेलले नेपाली कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा कांग्रेस सभापति देउवाको जनसम्पर्क कार्यालयमा रहेर काम गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको