आकासियो पेट्रोलियम पदार्थको मूल्य, गठबन्धन सरकारले इतिहासमै बनायो उच्च मूल्य

काठमाडौं । गठबन्धन सरकारले पेट्रोलियम पदार्थको इतिहासमै उच्च मूल्य बनाएको छ ।  यससँगै पेट्रोलियमको भाउ अहिलेसम्मकै उच्च भएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, आन्तरिक हवाई इन्धन र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाइएको हो। योसँगै पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल आयल निगमका अनुसार साबिकको बिक्री मूल्यमा पेट्रोल र डिजल/मट्टितेल प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको छ। अब पेट्रोल १४२ र डिजल÷मट्टितेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको छ। यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो।

आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य ११६ रुपैयाँ तोकिएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर बिक्री मूल्य डलर १ हजार ९५ कायम भएको छ। एलपी ग्यासको मूल्य यथावत छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको