![गण्डकी गाउँपालिकामा अपाङ्गता ज्येष्ठ नागरिकलाई सहायता सामाग्री वितरण](https://www.kalikadainik.com/wp-content/uploads/2022/02/272234373_953405355286839_1620794828354274228_n.jpg)
गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा अपाङ्गता ज्येष्ठ नागरिकलाई सहायता सामाग्री वितरण गरिएको छ । गण्डकी गाउँपालिकाको महिला बालबालिका ज्येष्ठ नागरिक शाखाले पालिकाका ८ वटै वडामा सहायता सामाग्री वितरण गरेको हो । आज एक कार्यक्रमकाबिच पालिका उपाध्यक्ष ललिता अधिकारी र ७ नम्बर वडाका वडाध्यक्ष तुलसी रेग्मीले वितरण गरेका हुन । आ.ब २०७८/ ०७९ को अपाङ्गता ज्येष्ठ नागरिक सहायता कार्यक्रम अनुसार सहायता सामाग्री वितरण गरेको गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले बताउँनुभयो । पालिकाभित्र ज्येष्ठ नागरिक सहायता कार्यक्रम अनुसार ८० वटा सिरक, ८० वटा स्टिक, ८० वटा लाइट, २०० वटा टोपी, हात(काइयो) ८० वटा वितरण गरिएको महिला बालबालिका ज्येष्ठ नागरिक शाखा प्रमुख सुकमाया रानाले जानकारी दिनुभयो ।