चितवनमा आज ४७ जना कोरोना संक्रमित थपिए, १ सय ९४ जना संक्रमणमुक्त

चितवन । चितवनमा कोरोना संक्रमितको संख्या बिस्तारै ओरालो लाग्दै गइरहेको छ । पछिल्लो चार दिन यता कोरोना संक्रमितको संख्या लगातार घटिरहेको छ ।

माघ १३ गते चितवनमा संक्रमितको संख्या २८२ थियो । माघ १४ गते २११, माघ १५ गते १७४ र आज माघ १६ गते ४७ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालयले दिएको विवरणअनुसार आज कोरोनाबाट १९४ जना संक्रमणमुक्त भएका छन् । भरतपुर महानगरपालिकामा ३९, खैरहनी नगरपालिकामा १, रत्ननगर नगरपालिकामा ५, राप्ती र कालिकामा १/१ जना कोरोना संक्रमण थपिएका छन् ।

चितवनमा हालसम्म कोरोनाबाट संक्रमण हुनेको संख्या ३२ हजार १९६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ४३ पुगेको छ । २७ हजार ७१३ कोरोनाबाट निको भएका छन् । कोरोनाबाट चितवनमा मृत्यु हुनेको संख्या ४४० पुगेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको