प्रेस चाैतारी नेपाल गोरखाको अध्यक्षमा अश्विन दानी र सचीवमा रवि किरण रेग्मी सहित सर्वसम्मत चयन

गाेरखा । प्रेस चौतारी नेपाल गोरखाको अध्यक्षमा अश्विन दानी चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा सम्पन्न भएको शाखाको चौथौ जिल्ला अधिवेशनबाट दानी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।अधिवेशनले समितिको उपाध्यक्षमा सुजन न्यौपाने, महिला उपाध्यक्षमा अस्मिता थापा मगर, सचिवमा रवि किरण रेग्मी, सहसचिव(खुल्ला)मा सुजन बस्नेत, , सहसचिव(समावेशी) मा अर्जुन उपरकोटी र कोषाध्यक्षमा सुदीप धिताललाई चयन गरेको छ ।
सदस्यहरुमा उर्मिला गुरुङ,सुशील भारती अश्विन थापा, एलेस बयलकोटी, सुमिका गुरुङ र सर्मिला गुरुङ चयन भएका पुर्व अध्यक्ष उद्धव कुमालले जानकारी दिए ।

कार्यक्रमकै बीचमा पत्रकार किरण लोहनीले आफ्नो स्वर्गीय पिता मणिराज लोहनीको स्मृतिमा पत्रकारिता पुरस्कार र एमाले गोरखाका युवा नेता राजन गुरुङले क्रियाशील युवा पत्रकारिता पुरस्कारका लागि ५० हजारको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज रामशरण बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सम्झना देवकोटा, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, केन्द्रीय कोषाध्यक्ष इन्द्र आचार्य, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष सुष्मा पौडेल, केन्द्रीय सदस्य तथा गोरखा इन्चार्ज प्रकाशचन्द्र भट्टराई, नेपाल पत्रकार महासंघका अध्यक्ष नरहरी सापकोटा लगायतले मन्तव्य राखेका थिए ।
निर्वाचित सम्पूर्ण नयाँ टिमलाई चाैतारिका केन्द्रीय उपाध्यक्ष पाण्डेले पद तथा गाेपनियताकाे सपथ खुवाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको