
चितवन । चितवनमा आज २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय चितवनको अनुसार ४ सय ६२ जनाको पिसिआर र एन्टिजेन्ट विधिबाट कोरोना परिक्षण गर्दा २ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेमा भरतपुरका १ सय ३८ जना, खैरहनीका १५ जना, माडीका १७ जना, रत्ननगरका ३१, राप्तीका ८ र कालिकाका २ जना रहेका छन । भने ५९ जना निको भएका छन । यो संगै चितवनमा सक्रिया संक्रमितको संख्या ४०९४ पुगेको छ । सो मध्ये ४१ जना अस्पताल र ४ हजार ५३ जना होमआइशोलेसनमा छन ।