अन्तर गाउँपालिकास्तरिय कृषि तथा पशु शाखाबिचको समन्वयात्मक  बैठक सम्पन्न

गोरखा ।  अन्तर गाउँपालिकास्तरिय कृषि तथा पशु शाखाबिचको समन्वयात्मक बैठक आज सम्पन्न भएको छ । गोरखाको गण्डकी गाउँपालिकाको कृषि तथा पशु शाखाले आयोजना गरेको सो समन्वयात्मक बैठकमा गोरखाको सहिदलखन, धादिङको बेनिघाट रोराङ, सिद्धलेख, ज्वालामुखि र चितवनको इच्छाकामना गाउँपालिकाका कृषि र पशु शाखाबिच  कृषी तथा पशु क्षेत्रमा आपसी सहकार्यका साथ काम गर्ने सामुहिक प्रतिबद्धता गरिएको छ।

सो बैठकले पशुको महामारीजन्य रोगको नियन्त्रणको सबै पालिकाले पुर्ण खोप कार्यक्रम संचालन गर्ने, आ आफ्नो पालिकाको स्थानिय उत्पादनको संरक्षण तथा प्रबधन्न गरि छिमेकि पालिकाको बजारसम्म पुर्‍याउने, सबै पालिकाको जनप्रतिनिधि,प्रशासनसंग सामुहिकरुपमा छलफल गर्ने सहित ११ ओटा निर्णय गरि बैठक सम्पन्न भएकोे गण्डकीका कृषि शाखा प्रमुख कृष्ण प्रसाद भट्टराईले जानकारी दिनुभयो । बैठक गण्डकीका पशु शाखा प्रमुख डा. हरि पन्थको अध्यक्षतामा  भएको थियो । बैठकमा गोरखाको सहिदलखन, धादिङको बेनिघाट रोराङ, सिद्धलेख, ज्वालामुखि र चितवनको इच्छाकामना गाउँपालिकाका कृषि र पशु शाखाकाकृषी तथा पशु शाखाका कर्मचारी सहभागि रहेका थिए ।

बैठकको निर्णयहरु:

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको