बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

नेपालगन्ज ।  बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कालिकोटकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

पचालझरना १ कालिकोटकी ६० वर्षीया महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । माघ ९ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोरोना पुष्टि भएपछि उनलाई माघ १० गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।

यो सँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ४४० जना कोरोना सङ्क्रमितको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको