गोरखाको लाप्राकमा अत्याधिक हिमपात, जनजीवन कष्टकर बन्दै (फोटो फिचरसहित)

शिशिर सिंखडा, चितवन । गोरखाको उत्तरी भेगमा रहेको धार्चे– ४, लाप्राक गाउँमा अत्याधिक हिमपात भएको छ । हिजोबाट अत्याधिक चिसो बढेसंगै हिमपात पनि अत्याधिक बढेको हो । धार्चेको लाप्राक, नयाँ बस्ती, गुप्सीपाखा लगायतका गाउँमा हिमपातमा कारण जनजीवन कष्टकर बनेको नयाँ बस्तिकी माया गुरुङले टेलिफोनबाट जानकारी दिनुभयो ।


चिसोले बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका छन भने गाउँमा आउजाउ समेत बन्द भएको छ । चिसोका कारण घरका छाना,पाली, छत भरिएका छन । गाई बस्तुको स्याहारमा समेत समस्या भएको गुरुङले जानकारी दिनुभयो ।


गत पुसको दोश्रो हप्ता परेको हिउँ केही दिन पग्लन थालेको भए पनि पुनः हिजोबाट परेको हिउँले स्थानिय बस्ती कष्टकर बन्दै गएको सामुदायिक होमस्टे लाप्राकका अध्यक्ष दलबिर गुरुङले बताउनु भयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको