चितवनमा आज २ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ४६ जना  संक्रमण मुक्त

चितवन ।  चितवनमा आज २ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ सय १९ जनाको पिसिआर र एन्टिजेन्ट विधिबाट कोरोना परिक्षण गर्दा २ सय ८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय चितवनले जनाएको छ । संक्रमण पुष्टि हुनेमा भरतपुरका २ सय २१ जना, खैरहनीका ९ जना, माडीका १४ जना, रत्ननगरका ३२ जना, राप्तीका ४ जना, कालिकाका ५ जना र इच्छाकामनाका १ जना रहेका छन । भने सोहि अवधिमा १ सय ४६ जना निको भएका छन । यो सगै चितवनमा सक्रिया संक्रमितको संख्या ३७ सय ५८ जना पुगेको छ । जसमध्ये ३८ जना अस्पतालमा छन भने ३७२० जना होम आइशोलेसनमा रहेका छन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको