मनकामना दुग्ध सहकारीको अध्यक्षमा लक्ष्मीनारायण चौलागाईंसहित कार्यसमिति सर्वसम्मत चयन 
चितवन । पुर्वी चितवनको कालिका-६, खोलेसिमल स्थित मनकामना दुग्ध उत्पादक सहकारी सस्था लि. को ३१औं बार्षिक साधारण सभा तथा ११औं अधिवेशनबाट अध्यक्षमा लक्ष्मीनारायण चौलागाईं सहित कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
समितिको उपाध्यक्षमा रमेश खनाल चयन भएका हुन । कार्यसमिति सदस्यमा अमृत लामिछाने, जमुना रेग्मी, देवी दाहाल, मालती भट्टराई, शोभा भट्ट, मेघनाथ दवाडी, बुद्धिप्रसाद तिवारी, शिव प्रसाद लामिछाने र खिलकुमारी घिमिरे चयन भएका हुन । समितिको लेखा संयोजकमा ऋषिकेश लम्साल र सदस्यमा खेमलाल अधिकारी तथा हरि शर्मा आचार्य चयन भएका छन । आज
नवनिर्वाचित कार्यसमितिको आज एक कार्यक्रमका बीच पद हस्तान्तरण गरिएको थियो । निर्वाचन समितिका संयोजक शितलकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कालिका-६ का वडा अध्यक्ष बिनोद रेग्मी, सदस्य सम्झना परियार, एमाले कालिका-६ का अध्यक्ष होमबहादुर गुरुङ, नेपाली काङ्ग्रेस कालिका-६ का सभापति टीकाराम रेग्मी, सस्थाका पुर्व अध्यक्ष नारायणदत्त कंडेल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको