
चितवन । गामबेसीको चेपाङ केन्द्रका अध्यक्ष एवं चेपाङ अभियान्ता केपि किरण शर्मालाई सम्मान गरिएको छ । समग्र चेपाङ जातिको उत्थान र उन्नतीका निम्ति उल्लेखनीय योगदान पुर्याएको भन्दै गामबेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपि किरण शर्मालाई रास्ट्रीय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले सम्मान गर्नुभएको हो । कालिका ११ सिद्दीमा आयोजित कार्यक्रममा चेपाङ अभियान्ता शर्मालाई रास्ट्रीय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले सम्मान गर्नुभएको हो ।
कालिका ११ सिद्दी स्थित श्री राष्ट्रीय आधारभुत बिधालय कल्यानचौर, रन्तेसको नबनिर्मित २ कोठे भवनको उद्घाटन को अबसर पारी समग्र चेपाङ जातिको उत्थान र उन्नतीका निम्ति उल्लेखनीय योगदान पुर्याएको भन्दै गामबेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपि किरण शर्मालाई रास्ट्रीय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले हातबाट सम्मान गर्नु भएको हो । सम्मानित ब्यक्तित्व केपी किरण शर्माले सो सम्मानले अझै आफूलाई जिम्मेवारी थपिएको महशुस भएको बताउनु भयो ।
बिधालय भवन उद्घाटन
राष्ट्रीय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेलले कालिका ११ सिद्दी स्थित श्री राष्ट्रीय आधारभुत बिधालय कल्यानचौर, रन्तेसको नबनिर्मित २ कोठे भवनको उद्घाटन गर्नु भएको छ । सामुदायिक श्रोतकेन्द्र रत्ननगरले रु ३२ लाख रुपियाँको लागतमा सुबिधा सप्पन्न २ कोठे भवन निर्माण गरिदिएको हो । बिधालय ब्यबस्थापन समितिका अध्यक्ष मान बहादुर चेपाङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ११ का वडा अध्यक्ष कृष्ण बहादुर प्रजा, सामाजिक ब्याक्तित्व देबेन्द्र श्रेष्ठ, बिधालयका प्रधानाध्यापक दिनेश चेपाङ लगाएतले मन्तब्य राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी डा. विश्व पौडेलले भण्डाराबाट मलेखु जोड्ने सडक वास्तविक चेपाङ मार्ग नभएको र एक सय प्रतिशत चेपाङ्हरु मात्र बसोबास रहेको शक्तिखोरदेखि सिद्दी- तीनदोभान – दौतेस – खिर्की – ठकुरी भञ्ज्याङ् हुँदै हात्तिढाप जोडिने सडकलाई स्तर उन्नती गरि कालोपत्रे गरेर वास्तबिक चेपाङ मार्गको रुपमा बिकास गरि पर्यटन प्रबर्दन गर्ने र त्यसकको लागि आफुले प्रयाप्त बजेट बिनियोजन गर्ने पनि बताउनु भयो ।