धनकुटा । धनकुटामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका वडा नं. २ नागढुंगास्थित कोशी राजमार्गमा बा प्र ०३-००१ क ०५४९ नम्बरको टिपर आज बिहान सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना हुँदा टिपर चालक र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी टिपर चालक प्युठान मान्डवी गाउँपालिका- १ का २८ वर्षिय भुवन थ्रेडी मगर र सह-चालक दाङ बबई गाउँपालिका- ३ का २१ वर्षिय नविन बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपर दुर्घटनापछि पुगेको प्रहरीले दुवैलाई मृत अवस्थामा फेला पारेको धनकुटाका प्रहरी उपरिक्षक नहकुल पोख्रेलले जानकारी दिनुभयो ।