चितवनमा एकैदिन ९४ जनामा कोरोना संक्रमण पुष्टि, ७ जना संक्रमणमुक्त

चितवन । चितवनमा आज (बिहीबार) ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनको तथ्यांकानुसार भरतपुर महानगरपालिकाभित्र मात्रै ८० जनामा संक्रमण पुष्टि भएको हो। बाँकी १४ जनामा रत्ननगरमा चार, राप्तीमा दुईजना तथा खैरहनीमा ६ जना माडीमा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्यले जनाएको छ। बिहीबार ७ जना संक्रमित संक्रमण मुक्त भएको कार्यालयले जनाएको छ ।

हाल चितवनमा सक्रिय संक्रमितको संख्यामात्रै ३२७ पुगेको छ। तीमध्ये आठ जना अस्पतालको आइसोलेसन केन्द्रमा उपचाररत छन् भने बाँकी ३१९ जना होम आइसोलेसनमा छन्। स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार पछिल्लो २४ घण्टामा चितवनमा एन्टिजेन र पिसिआर गरी ४५१ जनामा कोरोना परीक्षण गरिएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको