रत्ननगर महोत्सव संचालन नगर्ने चितवन प्रशासनको निर्णय

चितवन । चितवनमा भईरहेका र हुने तयारीमा रहेका सबै महोत्सव बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज भएको सर्वपक्षीय बैठकले मेला महोत्सव बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले चालु अवस्थामा रहेको चितवन महोत्सवलाई व्यवस्थापन गर्न दुई दिनको समय दिने निर्णय गरेको छ । चितवन महोत्सव २९ गतेदेखि पूर्णरुपमा बन्द हुनेछ । रत्ननगर महोत्सव, खैरहनीमा हुने खिचरा महोत्सव र देवघाटमा हुने माघे संक्रान्ति मेला बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढ्दै गएपछि मेला महोत्सव बन्द गरिएको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, पत्रकार महासंघ, उद्योग वाणिज्य संघ चितवन, रत्ननगर उद्योग वाणिज्य संघ, राजनीतिक दलका प्रतिनिधि, भरतपुर अस्पतालका प्रतिनिधि, जनप्रतिनिधि, स्वास्थ्य कार्यालयका प्रतिनिधि, चिकित्सकलगायतको उपस्थिति रहेको थियो । बैठकमा सर्वसाधारणको स्वास्थ्य महत्वपूर्ण हुने भएकोले मेला महोत्सव बन्द गर्नुपर्ने धेरैको धारणा रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको