बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ नियुक्त

मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा श्यामनारायण श्रेष्ठ नियुक्त हुनुभएको छ ।

पूर्व मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले नियुक्त गरेको मुख्य न्यायाधिवक्ता ओम प्रकाश थपलियाले गत कात्तिक ११ः०० गते राजीनामा दिनुभएको करिब चार महिनापछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले श्रेष्ठलाई आज थपलियालाई नियुक्त गर्नुभएको हो ।

प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएका श्रेष्ठले आजै शपथ ग्रहण समेत गर्नुभएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उहाँलाई शपथ ग्रहण गराउनुभएको हो । मुख्य न्याधिवक्तामा नियुक्त हुनुभएका श्रेष्ठ धादिङको ज्वालामुखी गाउँपालिका–२ हटियाका स्थायीवासी हुनुहुन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको