कोरोनाको कारण देखाउँदै एमाले चितवनको अधिवेशन स्थगित

चितवन । कोरोना (कोभिड १९) को कारण देखाउँदै नेकपा (एमाले) चितवन जिल्ला अधिवेशन स्थगित भएको छ । सरकारले आजदेखि लागु हुनेगरी भेला,मेला महोत्सव र सभा सम्मेलनमा कडाइ गरेपछि एमाले चितवनले निर्वाचन स्थागित गरेको जनाएको छ ।

२३ गते उद्घाटन सत्र र २४ गते बन्दसत्र संचालन भएको अधिवेशनमा जिल्ला नेतृत्वसहित पदाधिकारीमा सहमती जुट्न नसकेपछि छलफलका लागि भन्दै एक दिनका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

एमाले चितवनकी अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालले एक विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित गरिएको जनाएको हो । कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमण बढ्दै गएको सन्दर्भलाई लिएर सिसिएमसीको बैठकले २५ जनाभन्दाबढि सार्वजनिक ठाउँमा उपस्थित हुन नपाउने गरि गृह मन्त्रालयलाई सिफारिस गरेको हुदाँ जिल्ला अधिवेशनको निर्वाचन प्रकिया स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ।
जिल्ला नेतृत्व छान्न सहमतीका लागि आज पनि नेताहरु छलफलमा जुटेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको