प्रेस चौतारी चितवनको अध्यक्षमा सुवास पण्डित

चितवन । प्रेस चौतारी नेपाल चितवनको अध्यक्षमा सुवास पण्डित सर्वसम्मत चयन भएका छन् ।

पण्डितको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

उपाध्यक्षमा कृष्ण आचार्य, महिला उपाध्यक्षमा शान्ता अधिकारी, सचिवमा मुकुन्द भुषाल चयन भएका छन् ।

यस्तै सहसचिवमा ध्रुवराज खनाल, समावेशीतर्फ रविना पौडेल, कोषाध्यक्षमा बद्री अर्याल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा श्रमिका दवाडी, राजु अधिकारी, सविना लामिछाने, गीता दराइ, रामेश्वर रिजाल, लक्ष्मी ढकाल रेजिना, विनय आचार्य, सुनिल गौतम, मिरा रानाभाट, हिरालाल आचार्य र निरुता विक चयन भएका छन् ।

३ वर्षे कार्याकालका लागि नेतृत्व चयन गरिएको हो । प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी चितवनको सातौ जिल्ला अधिवेशनको आजै उद्घाटन गरेका थिए ।

यसैबीच अधिवेशनले नौ बुँदे निम्न प्रस्ताव समेत पारित गरेको छ ।
१) कोभिडको संक्रमण जारी नै रहेको र नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम पनि उच्च रहेको वर्तमान अवस्थामा सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई अनुराध गर्दै तत्काल सबैलाई पूर्ण खोपको व्यवस्था गर्न सरकारसँग यो अधिवेशन जोडदार माग गर्दछ ।
२) श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना गर्न सम्पूर्ण मिडिया हाउसलाई अनुरो गर्दै यो अधिवेशन प्रभावकारी अनुगमनको लागि प्रेस काउन्सिल समक्ष माग गर्दछ ।
३) कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भएका अनलाइन मिडियाहरुलाई कानुनको दायरामा ल्याई पत्रकार आचारसंहिताको पूर्ण पालना गराउन यो अधिवेशन सरकारसँग जोडदार माग गर्दछ ।
४) विभिन्न समयमा सञ्चारमाध्यमबाट निष्कासन गरिएका सम्पूर्ण पत्रकारहरुको यो अधिवेशन पुनर्वाहलीको माग गर्दछ ।
५) कोभिडको नाममा श्रमजीवी सञ्चारकर्मीको पारिश्रमिक कटौती गर्ने, पारिश्रमिक नदिने सञ्चारमाध्यमहलाई पूरा पारिश्रमिकको व्यवस्था गर्न यो अधिवेशन जोडदार माग गर्दछ ।
६) हरेक सञ्चारसंस्थालाई महिलामैत्री वातावरण सिर्जना गरी ३३ प्रतिशत पत्रकार महिलाको सहभागीलाई सुरक्षित गर्न यो अधिवेशन जोडदार माग गर्दछ ।
७) प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्न राज्यका निकाय र स्थानीय तहसँग जोडदार माग गर्दै यो अधिवेशन प्रेस स्वतन्त्रताको उल्लंघन गर्नेहरुमाथि आवश्यक कारबाही गर्नसमेत यो अधिवेशन जोडदार माग गर्दछ ।
८) मूल्यवृद्धि, कालोबजारी, भ्रष्टाचार नियन्त्रण गरी जनतालाई राहत तथा शान्ति सुरक्षाको प्रत्याभूति गर्न स्थानीय प्रशासनसँग यो अधिवेशन जोडदार माग गर्दछ ।
९) नेपालको मध्यभागमा रहेको चितवनलाई पर्यटन, कृषि, शिक्षा तथा स्वास्थ्यको हब बनाएर विकास गर्नको लागि आवश्यक बजेट विनियोजन गरी काम अगाडि बढाउन यो अधिवेशन सरकारसँग जोडदार माग गर्दछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको