
चितवन । चितवनमा आज बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म विद्युत् लाइन अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार भरतपुरको गोन्द्राङदेखि जिल्ला प्रशासन चोकसम्मको निर्माणाधीन छ लेन सडकको पुरानो ३३ केभी लाइन नयाँ निर्मित ३३ केभीमा सार्ने कामका लागि चनौली र पर्सा ३३ केभी लाइन सटडाउन हुन लागेको हो ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार नेपाल विद्युत् प्राधिकरण चनौली ३३/११ केभी सबस्टेसन, पर्सा ३३/११ केभी सबस्टेसन, माडी वसन्तपुर ३३/११ केभी सबस्टेसनबाट विद्युत् वितरण हुने स्थानहरुमा लाइन अवरुद्ध हुने छ ।
‘यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौँ’, प्राधिकरणले भनेको छ ।