लायन्स क्लब अफ चितवन कालिकाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

किशोर दुवाडी, चितवन । पुर्वी चितवनको कालिका-६, खोलेसिमल स्थित लायन्स क्लब अफ चितवन कालिकाद्वारा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ८ जना महिलासहित ५१ जना रक्तदाताहरुले रगत दान गरेका थिए । लायन्स क्लब ईन्टरनेशनल ४२५ बि २ नेपालका डिस्टिक चिफ एडभाईजर योगेन्द्रनाथ अधिकारी कार्यक्रमको प्रमुख अतिथि रहेका थिए । क्लबका अध्यक्ष दिपक लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा डिस्टिक चिफ निरज श्रेष्ठ, ओजी भिष्मप्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रम संयोजक बुद्धिप्रसाद अधिकारी रहेको सो समितिमा लालुप्रसाद दाहाल, हरि भण्डारी, दिपक थापा, ईश्वर भट्टराई लगायत क्लबमा सदस्यहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको