चितवन । पुर्वी चितवनको रत्ननगर-११, मंगलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रले समाजसेवी आकाश बन्जारालाई सम्मान तथा स्वागत गरेको छ । कालिका-६ घर भै हाल हङकङमा लामो समयदेखि ब्यबसाय गर्दै आउनुभएका बन्जाराले केन्द्रमा बिगत लामो समयदेखि चेपाङ विद्यार्थीहरुको शिक्षाको बिकाशमा सहयोग गर्दै आउनुभएको छ । केन्द्रका सल्लाहकार समेत रहनुभएका बन्जारालाई केन्द्रका अध्यक्ष केपी किरण शर्माले फुलमाला लगाई सम्मान- पत्र सम्मान गर्नु भएको थियो ।
सो सम्मान पछी बोल्दै समाजसेवी बन्जाराले बिपन्न र पछाडि परेका चेपाङ बालबालिकाको शिक्षाको बिकाशमा सहयोग गर्न पाँउदा खुशी लागेको बताउनु भयो । साथै उहाँले चेपाङजातिको बिकाश र उन्नतिका लागि आफू सधैं सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह-संयोजक पत्रकार शिशिर सिंखडा, समाजसेवी, पत्रकार तथा सस्थाका सल्लाहकार रबि रोषी, समाजसेवी तथा लोक गायक नेत्रजी पन्त, समाजसेवी ज्ञानेन्द्रराज पाण्डे,बिपिन अम्गाई,एलिस बन्जारा लगायतको उपस्थिति रहेको थियो । हङकङका सफल ह्याण्डिक्राफ्ट ब्यबसायी बन्जारा गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङका कार्यसमिति सदस्य तथा फेडरेसन अफ इन्टरनेशनल नेप्लिज युथ इन्टरपेनियर्स (फिने) का हङकङ अध्यक्ष समेत रहनुभएको छ । नेपाल, हङकङ, जापान, बेलायत, अमेरिका, अस्ट्रेलिया लगायतका दर्जनौ देशमा बन्जाराको ह्याण्डिक्राफ्ट ब्यबसाय संचालनमा रहेको छ । साथै सो ब्यबसायमा प्रत्यक्ष ३ सय जना भन्दाले रोजगार पाएका छन ।
सो चेपाङ संरक्षण केन्द्रमा चितवन, मकवानपुर, धादिङ लगायत बिपन्न र पहाडी बस्तीका १ सय ७२ जना बिपन्न चेपाङ बालबालिका आवासीय रूपमा रही अध्ययनरत छन ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer