चितवन । ओम कार्की साहित्य प्रतिष्ठान काे व्यानरमा साहित्यकार कवि अजित उत्सवकाे कृति आकाशगङ्गाकाे किनार ” काे कृति समीक्षा र विमर्श भएकाे छ ।
वरिष्ठ साहित्यकार एल वि क्षेत्री ले कृति भित्र का शब्द , भाव र धारणा समेतलाई निर्मम विमर्श गर्नुभएकाे हाे । चितवन साहित्य परिषदकाे सभाहलमा सम्पन्न साे कृति विमर्श कार्यक्रमकाे आयाेजना ओम कार्की स्मृति साहित्य प्रतिष्ठानले गरेकाे थियाे । यहि पुस ३ गते सम्पन्न साे कार्यक्रममा प्रतिष्ठान काे सँक्षिप्त परिचय दिदै प्रतिष्ठान काे सल्लाहकार समेत रहनुभएका कृष्ण खनालले आफू र आफ्ना लालावालाकाे लालनपालन र सुनाैलाे भविष्य काे कल्पना पूरा गर्ने कार्यमा जुट्दै गर्दा द्वन्द्वका नाममा साहदत प्राप्त आफ्ना ३३ वर्षीय पति प्रहरी ओम वहादुर कार्कीकाे सम्मानमा वहाँकाे अमरत्वलाई चिरस्थायी राख्दै कला साहित्य र सस्कृतिकाे सँरक्षण र उत्थान गर्ने उद्देश्यले स्थापित साे प्रतिष्ठानकाे व्यानरमा महत्त्वपूर्ण कार्यक्रम गर्ने माैकाका लागि कृतिकार , विमर्शकार तथा सँपूर्ण उपस्थित साहित्यकार प्रति सम्मन व्यक्त गर्नुभएको थियाे ।
कृतिकारकाे कविता वाचन र विमर्शकार वरिष्ठ साहित्यकार एल वि क्षेत्रीले गर्नुभएको विश्लेषणात्मक विमर्श र वाचनले उर्जाप्रदान गरिएको साे कार्यक्रम काे सभाध्यक्षता प्रतिष्ठान का अध्यक्ष अम्विका कार्कीले गर्नुभएको थियाे भने सिम्रन क्षेत्री ले स्वागत गर्नुभएको सभालाई अविरल यात्रीले सहजीकरण गर्नुभएको थियाे ।
कृतिले समाजमा व्याप्त विभेदकाे उजागर गर्नुकाे साथै पार्टी र नेताहरुकाे राजनीतिक विकृतपूर्ण मनाेविज्ञन र नेपाली समाजले आशा र भराेशा माथि देखिएकाे कालाे वादल भित्र कथा र त्यसले दिनुपर्ने विचार र प्रतिफलकाे आकाश गङगालाई शव्द मा भावहरु कृति वनेर पाेखिएकाछन् ।
ताजा समाचार
धेरैले पढेको
© 2024 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer