चितवन । एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले यही पुष ६ गते हुने संसदको अधिवेशनमा एमसीसी सम्झौताको प्रस्ताव टेबुल हुन सक्ने बताउनुभएको छ ।
यदी एमसीसी सम्झौताको सन्दर्भमा प्रस्ताव टेबुल भएमा सरकारको समिकरण समेत अदलबदल हुन सक्ने उहाँले बताउनुभयो । नेकपा एमाले रत्ननगर नगर कमिटीको दोश्रो पूर्ण बैठक एवम् स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले पार्टीको १०औँ महाधिवेशनमा देखिएको जनलहर र जनउपस्थिति देखेर कांग्रेस, माओवादी अताल्लिएको समेत बताउनुभयो ।
देशकै सबैभन्दा ठूलो राजनीतिक शक्ति एमाले भएको र फेरी पनि बहुमत सहित एमाले देशकै ठूलो पार्टी हुने पनि बताउनुभयो । देशमा कुनै पनि समयमा निर्वाचन हुन सक्ने भएकाले सम्पूर्ण पार्टी कमिटी निर्वाचनको सामना गर्न तयारीका साथ रहन पनि उहाँले आग्रह गर्नुभयो ।