चितवनमा ट्रकको ठक्करबाट दुई वर्षीय बच्चाको मृत्यु

चितवन । पूर्व–पश्चिम राजमार्गको भरतपुरस्थित बसन्त चोकमा ट्रकको ठक्करबाट दुई वर्षीय बच्चाको मृत्यु भएको छ । भरतपुरबाट बालुवा बोकेर पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ ख १३०६ नम्बरको ट्रकले बच्चालाई ठक्कर दिंदा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुने बच्चाको नाम, थर, वतन र लिङ्ग खुलेको छैन । घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगो निभाउन पुगेको दमकललाई समेत स्थानीयले ढुंगा प्रहार गरेको बताईएको छ ।

घटनापछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आगो निभाउने र राजमार्ग खुलाउने प्रयास भईरहेको प्रहरीको भनाई छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको