चितवनमा नदीजन्य पदार्थको अवैध चोरी गर्ने १० वटा सवारी नियन्त्रणमा

चितवन । जिल्ला प्रहरी कार्यालयले नदीजन्य पदार्थको अवैध चोरी निकासी गर्दै आएको आरोपमा १० वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चोरी निकासीमा संलग्न चार वडा ट्याक्टर, दुई वटा जेसिभी र चारवटा टिपर नियन्त्रणमा लिइएको हो।
तीन वटा ट्याक्टर र दुई वटा जेसिभी भरतपुरको भोजाड क्षेत्रबाट, चार वटा टिपर र एउटा ट्याक्टर कालिकाको जुटपानी क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
नियन्त्रणमा लिइएको सवारीसाधनमाथि आवश्यक कारवाही गर्न कानुनी प्रकृया अगाडि बढाइएको उनले बताए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको