बिहिबार,
कार्तिक१३,
२०८३
|
Thursday, October 29, 2026
समाबेशी समुह कालिका-६ को चौथो अधिवेशन तथा बनभोज कार्यक्रम सम्पन्न
२६ मंसिर २०७८, आईतवार ०९:३३
चितवन । पुर्वी चितवनको कालिका-६ रेडक्रसग्राम स्थित समाबेशी समुहको आठौं बार्षिक साधारणसभा, चौथो अधिवेशन तथा बनभोज कार्यक्रम शनिबार उदयपुर सामुदायिक बन उपभोक्ता समुहको उदयपुर पार्कमा सम्पन्न भएको छ ।
समाबेशी समुहका अध्यक्ष हिराबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कालिका नगरपालिका कार्यपालिका सदस्य तथा कालिका वडा नं.६ का सदस्य दुर्गा सुवेदी, बिशिष्ट अतिथि पत्रकार शिशिर सिंखडा, जेष्ठ नागरिक उमाकुमारी सुवेदी लगायतले मन्तव्य राख्नु भएको थियो । समुहका उपाध्यक्ष मिनबहादुर खत्रीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम शुशिला देवकोटाले संचालन गर्नु भएको थियो भने लेखा संयोजक ध्रुब आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सोही अबसरमा जेष्ठ नागरिक उमाकुमारी सुवेदीलाई सम्मान समेत गरिएको थियो ।
सोही अधिवेशनले मिनबहादुर खत्रीको अध्यक्षतामा समुहको नयाँ कार्यसमिति चयन समेत गरेको छ । समितिको उपाध्यक्ष झलक सुवेदी, सचिब सचिना गुरुङ, कोषाध्यक्ष मकर गुरुङ चयन भएका छन । समितिको सदस्यहरु खौमाया रेग्मी, कुमार आले, रामबहादुर थापा, माधव देवकोटा, चन्द्रा सुवेदी, शान्ता बगाले, सरोज भट्ट, दिपक थापा, बाबुराम सुवेदी रहेका छन । लेखा समिति संयोजक ध्रुव आचार्य र सदस्यमा कृष्ण भुजेल र दुर्गा बन्जारा चयन भएका छन । समुहको सल्लाहकार संयोजकमा हिराबहादुर गुरुङ र सदस्यहरु युवराज भट्ट, कुलप्रसाद गौतम, लेखनाथ देवकोटा र बिजय सुवेदी चयन भएका छन ।