सौराहा । नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् ।त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् ।
उपाध्यक्ष
अष्टलक्ष्मी शाक्य १९७६ (निर्वाचित)
सुरेन्द्र पाण्डे १९२५ (निर्वाचित)
सुवासचन्द्र नेम्वाङ १८६५ (निर्वाचित)
विष्णु पौडेल १८५६ (निर्वाचित)
युवराज ज्ञवाली १८४२ (निर्वाचित)
रामबहादुर थापा १७६८ (निर्वाचित)
घनश्याम भूसाल ७२५









