लोकतान्त्रीक समाजवादी पार्टी निकट राष्ट्रिय ट्रेड युनियन महासंघको जिल्ला कमिटी गठन

चितवन । लोकतान्त्रीक समाजवादी पार्टी नेपालको भातृ संगठन राष्ट्रिय ट्रेड युनियन महासंघको जिल्ला कमिटी गठन गरिएको छ । आइतबार कालिका नगरपालिकामा औपचारीक कार्यक्रमको आयोजन गरि ३८ सदस्यीय कमिटी गठन गरिएको हो । गठन गरिएको कमिटीको अध्यक्षमा पुर्ण वहादुर थिङ उपाध्यक्षमा शेर बहादुर स्याङ्ताङ, सचिवमा गुना घलान,सह-सचिवमा किरण मोक्तान र कोषाध्यक्षमा सुनिता गुरुङ रहेकी छिन् ।

कमिटी घोषणा कार्यक्रमका प्रमुख अतिथी युनियनका केन्द्रिय महासचिव मलम लामाले श्रमीकको विषयमा बोल्नुपर्ने राजनैतिक दलका नेताले पछिल्लो समय एक अर्कालाई आरोप प्रत्यारोप लगाइरहेको भन्दै दुख ब्यक्त गरे । उनले देशमा श्रम ऐन लागु भएको श्रमीकलेनै महुसुस नगरेको अवस्था रहेको भन्दै उद्योग श्रमीकको कब्जामा हुनुपर्ने बताए ।

नव गठिन युनियन जिल्ला कमिटी अध्यक्ष पुर्ण वहादुर थिङको सभापतित्वमा भएको कार्यक्रममा ट्रेड युनियन महासंघका सचिव खड्ग बहादुर श्रेष्ठ,बागमती प्रदेश इन्चार्ज राजु गिरी ,लोकतान्त्रीक समाजबादी पार्टीका जिल्ला अध्यक्ष प्रेम कुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम पार्टी जिल्ला सचिव पुजा विश्वकर्माले संचालन गरेकी थिइन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको