आइतबार,
कार्तिक०९,
२०८३
|
Sunday, October 25, 2026
पुर्वी चितवनमा माओवादीलाई ठुलो धक्का: ग्रेट एफ.एम.का अध्यक्ष सहित २ दर्जन युवाहरु एमालेमा प्रवेश
२३ आश्विन २०७८, शनिबार ०८:४१
चितवन । पुर्वी चितवनमा नेकपा माओवादी केन्द्रलाई ठुलो धक्का लागेको छ । खैरहनी नगरपालिकाको पर्सा बजारमा रहेको ग्रेट एफ.एम.का अध्यक्ष रामेश्वर रिजाल सहित २ दर्जन युवाहरु एमालेमा प्रवेश गरेपछी माओवादी पार्टी भित्र खैलाबैला मच्चिएको छ ।
एमालेको जनता माझँको लोकप्रियताले माओवादी पार्टी भित्र कार्यकर्तालाई रोक्न सक्ने अबस्था टुट्दै गएको छ । पार्टीबाट को कतिबेला एमाले प्रवेश गर्छ्न थाहै नहुनाले कार्यकर्ता रोक्न नसकेको माओवादीको निस्कर्ष छ ।
नेकपा एमालेले रत्ननगरले हिजो गरेको दशै, तिहार चाडपर्वको अबसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ग्रेट एफ.एम.का अध्यक्ष एवं पुर्व स्वबियु सभापति तथा माओवादी पार्टी पुर्व जिल्ला सदस्य रामेश्वर रिजाल सहित २ दर्जन युवाहरू एमालेमा प्रवेश गरेका छन ।
सोही अबसरमा खैरहनी नगरपालिका निवासी अखिल क्रान्तिकारीका पुर्व केन्द्रिय सदस्य तथा पुर्व कार्यालय सचिब राजन तिमिल्सिना, अखिल क्रान्तिकारीका पुर्व जिल्ला सदस्य तथा माओवादी केन्द्रका पुर्व जिल्ला सदस्य दिपक तिमिल्सिना, रत्ननगर नगरपालिका- १५, माधवपुरका युवा नेता गोकुल पन्त सहित युवाहरू एमालेमा प्रवेश गरेका थिए ।
उनिहरुलाई नेकपा एमालेका नेताद्वय रामबहादुर थापा बादल र सुरेन्द्र पाण्डेले टीका र खादा लगाई पार्टीमा स्वागत गराएका थिए ।
सो पार्टी प्रवेश कार्यक्रममा बोल्दै ग्रेट एफ.एम.का अध्यक्ष एवं पुर्व स्वबियु सभापति तथा माओवादी पार्टी पुर्व जिल्ला सदस्य रामेश्वर रिजालले पुर्वी चितवनको ४ वटा नगरपालिकामा माओवादीबाट निर्वाचित स्थानिय जनप्रतिनिधि शून्य रहेको भन्दै अब पुर्वी चितवनमा माओवादी पार्टीलाई नै शून्य बनाउने अभियान शुरु भएको बताए ।