चितवन । नेकपा (एमाले) का स्थाई कमिटी सदस्य एवं पुर्व गृहमन्त्री रामबहादुर थापा (बादल) ले एमाले छिटै बहुमत सहित सरकारमा पुग्ने दाबी गर्नु भएको छ ।
परमादेश र अध्यादेश बाट बनेको सरकारको भबिस्य नभएको भन्दै नेता बादलले एमाले जनताबाटै निर्बाचित एवं अनुमोदित भएर सरकारमा जाने बताउनु भयो । नेकपा (एमाले) रत्ननगर नगर कमिटीको आयोजनामा आज रत्ननगरमा भएको दशै, तिहार लगायतका चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता बादलले नेकपा एमालेले वडा देखि केन्द्र सम्म अधिवेशनको तयारीमा लागेको बताउनु भयो । अब एमालेले पार्टी अधिवेशन र स्थानिय निर्वाचनको तयारीको लागि जनता माँझ जाने समेत बताउनु भयो ।
कार्यक्रममा एमाले स्थाई कमिटी सदस्य एवं पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले शिक्षा, स्वास्थ्य, रोजगार तथा गास, बास, कपास सरकारको जिम्मेवारी भएको भन्दै देश बिकासको लागि औद्योगिकिरणको विकल्प नभएको बताउनु भयो ।
सोही अबसरमा एमाले बागमती प्रदेश सह- इन्चार्ज काशीनाथ अधिकारीले परमादेशबाट बनेको सरकारले जनताको तागतलाई कमजोर बनाउदै लगेको बताउनु भयो । अदालतबाट प्रधानमन्त्री बनाईनु र करिब सय दिन सम्म पनि सरकारले पुर्णता पाउन नसक्नुले यो सरकार जनता प्रति उत्तरदायी नभएको पुष्टि भएको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य जेएन थपलिया, आजै एमाले प्रवेश गरेका युवा नेता रामेश्वर रिजाल लगायतले मन्तव्य राखेका थिए । नेकपा (एमाले) रत्ननगर नगर कमिटी अध्यक्ष ईश्वरीप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा २ दर्जन युवाहरु माओबादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका थिए ।