आइतबार,
फाल्गुण०३,
२०८२
|
Sunday, February 15, 2026
नेकपा (एमाले)को रत्ननगरमा आज र कालिकामा भोलि शुभकामना आदानप्रदान कार्यक्रम हुँदै, नेता बादल, पाण्डे र अधिकारीले सम्बोधन गर्ने
२२ आश्विन २०७८, शुक्रबार ०९:२७
शिशिर सिखडा, चितवन । नेकपा (एमाले)को आयोजनामा आज रत्ननगरमा र कालिकामा भोलि शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ । नेकपा एमाले रत्ननगर नगर कमिटीको आयोजनामा सौराहा चोकको गंगोत्री होटल हुने बिजया दशमी तथा तिहार लगायतका चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा पुर्व गृहमन्त्री तथा एमाले नेता रामबहादुर थापा (बादल), पुर्व अर्थमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डे, एमाले नेता काशीनाथ अधिकारी लगायतका नेता हरुले सम्बोधन गर्ने छन । आज शुक्रबार बिहान ११ बजेबाट सो कार्यक्रम हुने नेकपा एमाले रत्ननगरका अध्यक्ष इश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै भोलि शनिबार बिहान ११ बजे पनि नेकपा (एमाले) कालिका नगर कमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम हुँदै छ । खोलेसिमल बजारको कालिका बेन्क्युटमा हुने सो कार्यक्रममा पनि पुर्व गृहमन्त्री तथा एमाले नेता रामबहादुर थापा (बादल), पुर्व अर्थमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डे, एमाले नेता काशीनाथ अधिकारी लगायतका नेताहरुले सम्बोधन गर्ने नेकपा एमाले कालिका नगर कमिटी सचिब शुदर्शन अधिकारीले कालिका दैनिक अनलाइनलाई जानकारी दिनु भयो ।