बुधबार,
माघ२८,
२०८२
|
Wednesday, February 11, 2026
कालिका-६, जमुनापुर स्थित स्काप किड्स कसमस मन्टेश्वरीको दिक्षान्त कार्यक्रम सम्पन्न !
१५ आश्विन २०७८, शुक्रबार १८:२२
चितवन । कालिका-६, जमुनापुरमा रहेको स्काप किड्स कसमस मन्टेश्वरीद्वारा आज दिक्षान्त कार्यक्रम सम्पन्न गरिएको छ । खोलेसिमलको कालिका बेन्कुटमा सम्पन्न सो कार्यक्रममा सो मन्टेश्वरीबाट दिक्षित विद्यार्थीहरुलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
सो अबसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुति तथा कलाहरु प्रस्तुत गरेका थिए । स्काप किड्स कसमसका प्रिन्सिपल शोभा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रम सिपी अधिकारीले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष बिनोद रेग्मी, वडा सदस्य दशरथ सापकोटा, जुटपानी गरिवी निबारण सहकारी सस्थाका अध्यक्ष शुदर्शन अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह सम्योजक पत्रकार शिशिर सिंखडा, स्काप किड्स कसमसका अभिवावक सन्जय बराल, सृष्टि चापागाईं लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।