माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बुधबार बस्दैछ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । यसअघि बैठक बिहान ९ बजे बस्ने भनिए पनि तीन घण्टा पर सारिको हो । स्थायी कमिटी बैठकको मुख्य एजेण्डा मन्त्रिपरिषद् विस्तार रहेको नेताहरूले बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको साढे दुई महिना वित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । यसअघि तत्कालीन एमाले र जनता समाजवादी पार्टीलाई विभाजनमा सघाउन ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश निस्क्रिय नहुँदा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन् ।

यो अध्यादेश निस्क्रिय भएसँगै अब मन्त्रिपरिषद् विस्तार हुने ठानिए पनि सत्ता साझेदार दलभित्र मन्त्रीका आकांक्षि धेरै हुँदा लम्बिदै गएको छ । माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनिसकेका छन् । माओवादीले पार्टीबाट मन्त्रीको टुंगो लगाउने जिम्मेवारी यसअघि नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइसकेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको