नेपाली कांग्रेस रत्ननगर सभापतिमा युवा नेता प्रल्हाद सापकोटाको उम्मेदवारी घोषणा, एकैपटक २ पद नलिने प्रतिवद्धता

शिशिर सिंखडा, चितवन । नेपाली कांग्रेस रत्ननगर नगर समितिको सभापति पदमा युवा नेता प्रल्हाद सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् । रत्ननगरमा आज आयोजित १४औ महाधिवेशन अन्तर्गत असोज ९ गते हुने नगर अधिबेशनको उम्मेदवारी घोषणा कार्यक्रममा सभापति पदका उम्मेदवार सापकोटाले कांग्रेसलाई एकतावद्ध र बलियो पार्टी बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।

टुटफुटको अवस्थामा रहेको पार्टीलाई एकतावद्ध बनाउँदै रत्ननगरमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । आफू नगर सभापति निर्वाचित भएपछि कुनै पनि दोहोरो भूमिका हुने गरी पदीय हैसियतमा नरहने समेत उनले घोषणा गरेका छन् । आफू नगर सभापति भए पछी स्थानिय निर्वाचनमा उम्मेद्बार नबन्ने समेत बताए ।  साथै स्थानीय, प्रदेश र संघको निर्वाचनमा पराजित कांग्रेसको साखलाई आफू सभापति भएपछी उचाइमा पु¥याउने समेत नेपाली कांग्रेसका युवा उम्मेदवार सापकोटाले बताए ।

रत्ननगरका युवा, महिला, पुराना नेता एवम् सम्पूर्ण कार्यकर्ताहरूको भावना अनुसार आफूले उम्मेदवारी दिएको बताउँदै उनले आफ्नो जीत सुनिश्चित प्रायः भएको समेत उनले बताए । पटक–पटक एकै व्यक्तिले पार्टीको नेतृत्व सम्हाल्दा नेतृत्व प्रति नै कार्यकर्ताको विश्वास घटेकाले आफू दोहो¥याएर समेत सभापति हुने चाहना नरहेको उनले बताए ।

पार्टी सबैको हो र सबैले पार्टीमा अवसर पाउनुपर्छ भन्ने भावनाले आफूले पार्टीको रत्ननगर नगर सभापति पदमा उम्मेदवारी घोषणा गरेको बताए । उनले पार्टीका अग्रज तथा कार्यकर्ताहरूको भावना अनुसार रत्ननगरमा कांग्रेसलाई अगाडि बढाउन पनि आफ्नो उम्मेदवारी रहेको बताए ।

उम्मेदवार घोषण संगै सापकोटाले काँग्रेसलाई बलियो बनाउदै जनतामाझ लोकप्रिय बनाउने सहितका १४ बुँदे प्रतिबद्धता प्रस्तुत गरेका छन् ।


सो उम्मेदवार घोषणा कार्यक्रममा उपसभापतिका उम्मेदवारद्वय केदारमान वाईबा र शिवकान्त पौडेल, सचिव विरेन्द्र चौधरी, सह–सचिवद्वय अमृत मल्ल र गोविन्द भट्टराईले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

त्यसैगरी नगर कार्यसमिति सदस्यमा सुर्य विक्रम चौधरी, जनार्दन सिंखडा, निलु खतिवडा, देवराज महतो, सत्यनारायण चौधरी, दिपु श्रेष्ठ, संजिव बस्नेत, लक्ष्मी चौधरी, निरज अधिकारी, जित बहादुर सिंतान, हरि लामिछाने, सुनिता बगाले पौडेल, रामकृष्ण पन्त, रामचन्द्र दुवाडी लगायतले पनि उम्मेदवारी घोषणा गरेका थिए ।

काँग्रेस नेता छविलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु शुशीला उप्रेती,उत्तम आचार्य,बासुदेव ढुंगाना लगायतले मन्तव्य राखका थिए । अधिबेशनमा वडागत रुपमा निर्वाचित भएर आएका क्षेत्रीय प्रतिनिधि र वडा सभापति गरी ४२३ जनाले मतदान गर्ने छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको