आइतबार,
कार्तिक०९,
२०८३
|
Sunday, October 25, 2026
इच्छाकामना-७ गर्दासमा संचालित ६ महिने निशुल्क सिलाइ कटाइ तालिम सम्पन्न
५ आश्विन २०७८, मंगलवार १६:३८
चितवन । सेवा अहिले नेपाल काठमाडौको आयोजनामा संचालित ६ महिने निशुल्क सिलाइ कटाइ तालिम आज सम्पन्न भएको छ । इच्छाकामना वडा नं.७ गर्दासमा संचालित तालिममा सो वडा का २६ जना विपन्न महिलाहरुको सहभागीता रहेको थियो ।
सो निशुल्क तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई निशुल्क सिलाइ मेशिन समेत प्रदान गरिएको थियो ।
सस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि इच्छाकामना गाउँपालिका वडा नं. ७ का कार्यबाहक वडा अध्यक्ष टेकबहादुर गुरुङले सहभागी हरुलाई प्रमाणपत्र र सिलाइ मेशिन प्रदान गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथि वडा अध्यक्ष गुरुङ, बिशिस्ट अतिथि सोही वडाका सदस्य गनिराज चेपाङ, तिनकन्या सामुदायिक बनका अध्यक्ष मानबहादुर गुरुङ, सेवा अहिले नेपाल संस्थाका अध्यक्ष रेबिका ढकाल, कार्यक्रम संयोजक जगदिशचन्द्र पोख्रेल, संस्थाका चितवन कोअर्डिनेटर ईश्वर कुमार श्रेष्ठ, सस्थाका सदस्य शोभा ढकाल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पत्रकार शिशिर सिंखडा, तालिम प्रशिक्षक चाँदनी चेपाङ, तालिममा सहभागी ईसा घर्ती, सुनिता चेपाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो संस्थाले यस अगाडि पनि कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका क्षेत्रका विभिन्न बस्तीमा सोही प्रकारको तालिम उपलब्ध गराइसकेको छ ।
संस्थाले यस अगाडि विपन्न बस्तीका स्कुल र गाउँहरुमा छात्रवृत्ति वितरण, न्यानो कपडा, खाद्यान्न, झुल लगायतका सामग्रीहरु पनि सहयोग गर्दै आएको संस्थाका सुपर भाइजर ईश्वर कुमार श्रेष्ठले जानकारी दिए ।